हङ्कङमा आजदेखि शुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ ।
कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो ।
नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाएका हुन् । कप्तान रोहित पौडेलले ३७ रन जोडे। उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे । आसिफ शेखले ३३ रनको योगदान दिँदा बसिर अहमदले ३० रन बनाए । नेपालले अतिरिक्त १६ रन प्राप्त गर्यो । कतारका लागि मुजीब–उर–रहमानले २ विकेट हात पारे ।
त्यसअघि हङकङको टिन क्वाङ रोड रिक्रिएशन रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।
कतारका लागि कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रन बनाए । उनले ५४ बलमा ५ चौका र २ छक्काको मद्दतले ५४ रन बनाए । शाहजैब जमीलले ३१, मुजीब–उर–रहमानले २०, मोहम्मद इरशादले १८ र अरुमुगागणेश नागराजनले १३ रन बनाए ।
कतारका लागि रिफाइ थेरुवाथले छ र जसिम खानले ४ रनको योगदान दिए । कतारले अतिरिक्त ५ रन प्राप्त गर्यो ।
नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट हात पारेका थिए ।








































प्रतिकृया दिनुहोस्