४ बैशाख २०८२, बिहीबार १२:४७
बुधबार रातीदेखिको अत्यधिक वर्षका कारण हुम्लाको अदानचुली गाउँपालिकास्थित श्रीनगर बजार क्षेत्रमा बाढी पसेको छ ।
आज बिहान बाढी पस्दा श्रीनगर बजारसहित आसपासमा ठूलो क्षति पुराएको प्रहरीले जनाएको छ ।
बजार क्षेत्रमा बाढी पस्दा व्यवसायका लागि बनाइएका अस्थाइ टहरासहितका ११ घर र १ पसलमा राखिएका सामान र बाख्रासहितको खोर बगाएको छ ।
वर्षासँगै आएको बाढीसहितको लेदोले अदानचुली गाउँपालिका–२ का अमृत बुढा, अदानचुली गाउँपालिका–१ का बुद्धि महतारा लगायत व्यवसायीका पसलमा बाढि पसेको हो ।
वर्षाका कारण हुम्ला क्षेत्रका सडकहरु अवरुद्ध भएका छन् । बाढीले गरेको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
साथै बाढीले हुम्लाको डोप्का जीउलो लगायतका खेतबारीमा लगाइएको पाक्नै लागेको बाली पुरिदिएको किसानहरुले बताएका छन ।








































प्रतिकृया दिनुहोस्