जनता समाजवादी पार्टी, नेपाल (जसपा) अन्तर्गत नेवा: राष्ट्रिय समितिको पहिलो ऐतिहासिक अधिवेशन यही २०८२ सालको जेठ ३१ गते शनिवारका दिन सम्पन्न हुने भएको छ। जसपाका केन्द्रीय अध्यक्ष श्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा र बिधुत बज्रचारेको बिसेस उपस्थितिमा कार्यक्रम सम्पन्न हुने जनाइएको छ।
कार्यक्रम गोदावरी नगरपालिका–१४, , ललितपुरमा हुनेछ। यस अधिवेशनलाई ऐतिहासिक मानिएको छ, जसमा पार्टीको संगठन सुदृढीकरण, संघीयता र समावेशीताको सवालमा महत्वपूर्ण छलफल र निर्णयहरू गरिने अपेक्षा गरिएको छ।
नेवा: राष्ट्रिय समितिका संयोजक राकेश श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा सञ्चारकर्मीहरूलाई अधिवेशनको समाचार संकलन र प्रसारणका लागि अनुरोध गरिएको छ। उनले यस अधिवेशनलाई सफल बनाउन सञ्चारमाध्यमको भूमिकालाई अत्यन्तै महत्वपूर्ण भएको उल्लेख गरेका छन्।
पार्टीभित्र विविध जातीय, भाषिक र क्षेत्रीय पहिचानको प्रतिनिधित्व गर्दै आएको नेवा: समिति अन्तर्गतको यो पहलले स्थानीयस्तरमा पहिचान र अधिकार सुनिश्चित गर्ने दिशामा ठूला कदमहरू चाल्ने विश्वास गरिएको छ।








































प्रतिकृया दिनुहोस्