२७ जेष्ठ २०८२, सोमबार २१:४७
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोध अन्त्य गर्नका लागि सत्तापक्ष र प्रतिपक्षबीच संवाद भएको बताएका छन्।
आइतवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन्। उनले प्रतिपक्षीले अघि सारेका माग कुनै पनि हालतमा पूरा गर्न नसकिने तर्क गरे। संसद्लाई सुचारु गरेर जानुपर्छ भन्ने ठाउँमा प्रतिपक्षहरू पुगेको उल्लेख गर्दै उनले छिटै संसद् खुल्ने बताए।
बर्तौलाले भने, ‘अब संसद् सुचारु गरेर जानुपर्छ भन्ने ठाउँमा उहाँहरू (प्रतिपक्षीहरु) आउनुभएको छ। यो नै सकारात्मक कुरा हो। हिजो उहाँहरूकै कारण अवरुद्ध भएको थियो। भोलि संसद् उहाँहरूकै कारण सुचारु हुने परिस्थिति विकास हुन्छ।’
प्रतिपक्षीहरूकै कारण अवरुद्ध भएको संसद् भोलि उनीहरूकै कारण चल्ने परिस्थिति विकास हुने बर्तौलाको जिकिर छ।








































प्रतिकृया दिनुहोस्