सभामुख देवराज घिमिरेले समितिले पठाएको प्रतिवेदन नै बैठकले पास गरेको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदन तयार गर्दा त्रुटी भएको हुनसक्ने आफ्नो अनुमान रहेको बताए।
मंगलवार न्युज एजेन्सी नेपालसँग कुरागर्दै सभामुख घिमिरेले समितिको प्रतिवेदन बनाउन सबै सांसदहरुको ध्यान नपुगेको आफ्नो बुझाइ रहेको बताए।
उनले समितिले पठाएको प्रतिवेदन नै बैठकले पास गरेको हुँदा व्यक्ति विशेषलाई लक्षित गरेर आरोप लगाउनु राम्रो नहुने प्रतिक्रिया दिए।
संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड राखेर विधेयक अगाडि बढाउने सहमति भए पनि प्रतिनिधिसभामा प्रतिवेदनसहित पास भएर राष्ट्रियसभामा गएको विधेयकमा कुलिङ अफ पिरियड नै हटाइएको पाएपछि समितिका सभापति र महासचिव पदमप्रसाद पाण्डेमाथि शंका गर्न थालिएको छ।
सभामुख घिमिरेले समितिको बैठकमा कस्ता बहस छलफल भए, के निष्कर्ष वा सहमति जुटेको थियो त्यसलाई कसरी अभिलेखीकरण गरियो भन्नेबारे आफूले हेर्ने बताए।
विषयलाई गम्भीरताकासाथ प्रक्रियागत रूपमा के कसरी काम भएको थियो भनेर हेर्नका सचिवालयलाई निर्देशन दिएको पनि उनले बताए।
विधेयक राष्ट्रियसभामा पुगेको र सभाले यो विधेयकलाई सच्याउने अपेक्षा रहेको उनले बताए।








































प्रतिकृया दिनुहोस्