१३ श्रावण २०८२, सोमबार १०:२८
चितवनका विभिन्न स्थानमा विद्युत आपूर्तिमा देखिएको समस्याबारेमा जानकारी लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन आएका छन् । शाक्य आज बिहान भरतपुर आएका हुन् ।
विद्युत प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौती गरेको सूचना जारी गरेपछि चितवनमा लोडसेडिङ गरेको भन्दै आलोचना भएपछि शाक्य आफैं चितवन आएका हुन् ।
शाक्यको सचिवालयका इन्जिनियर नारायण अर्यालका अनुसार शाक्य भरतपुरको अवस्थाका बारेमा सामान्य जानकारी लिएपछि पूर्वी चितवनको राप्तीमा रहेको हर्दी सबस्टेशनमा पुग्ने छन् ।
उनले अब केही प्राविधिक परीक्षण सरेकर लाइन जोडिने बताए । हर्दी सबस्टेशनबाट २४ एमभीएको ट्रान्सफर्मर जडानपछि पूर्वी चितवनको सबै जसो ठाँउमा यहीँबाट विद्युत सप्लाई गरिने इन्चार्ज खनियाँले बताए ।








































प्रतिकृया दिनुहोस्