१६ श्रावण २०८२, बिहीबार ०८:४४
महोत्तरीको दुर्गा मन्दिर नजिकको पोखरीमा डुबेर बुधबार साँझ एक युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा पिपरा गाउँपालिका ७ बनौलीका ३० वर्षीय मुरारी झा हुन्। साँझ पोखरीमा डुबेको स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजेर शव निकालेको हो ।घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।








































प्रतिकृया दिनुहोस्