गौर नरसंहार सम्बन्धमा अनुसन्धान अघि बढाउने सर्वोच्चको परमादेशविरुद्ध असन्तुष्टि जनाउँदै जसपा नेपाल चितवनले राँके जुलुस निकालेको छ । मङगलबार नारायणगढको लायन्सचोकमा विरोध प्रदर्शन सहित राँके जुलुस निकालेको हो । उनीहरुले ओली सरकार मुर्दावाद, झुठो मुद्धा खारेज गर, गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारवाही गर लगायतका नारा लगाएका थिए ।
विरोध कार्यक्रमलाई सम्वोधन गर्दै जसपा नेपालका चितवन जिल्ला अध्यक्ष अनुज जोशीले जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसदमा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको बताउनुभएको छ ।
अध्यक्ष उपेन्द्र यादवले पिछडिएका वर्गका अधिकारका लागि लड्दा सकाउने खेलमा ओली सरकार लागेको उहाँले अरोप लगाउनुभयो । सरकारले उपेन्द्र यादवविरुद्धको मुद्धा फिर्ता नलिए अझ सशक्त आन्दोलनमा उत्रीने जोशीले चेतावनी दिनुभएको छ ।
गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमबार परमादेश दिएको छ ।








































प्रतिकृया दिनुहोस्