जनता समाजवादी पार्टी (जसपा), नेपालले राजधानीमा ‘जनजी जेठ’ पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि भएको गोली प्रहार घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जसपाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण ढंगले विरोध प्रदर्शन गर्दा प्रहरीको दमनमा परी विद्यार्थी घाइते भएको घटना निन्दनीय रहेको जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण प्रदर्शनका क्रममा गोली प्रहार हुँदा एकजनाको मृत्यु भएको र कैयौँ घाइते भएका छन्। घाइतेहरुको तत्काल स्वास्थ्य उपचार सुनिश्चित गर्नुपर्छ।”
जसपाले लामो समयदेखि देशमा रहँदै आएको गरिबी, बेरोजगारी, कुशासन र भ्रष्टाचारकै कारण युवाहरू आक्रोशित भइरहेको भन्दै आन्दोलनमाथि दमन रोक्न सरकारसँग माग गरेको छ। साथै, सामाजिक न्याय र सुशासन कायम गर्नतर्फ गम्भीर कदम चाल्न पनि आग्रह गरेको छ।
महासचिव रामकुमार शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा समस्याको समाधान संवाद र सहमतिबाट खोज्न सरकारलाई सुझाव दिइएको छ।








































प्रतिकृया दिनुहोस्