जेनजी पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन गरेको एक महिना पूरा भएको छ । जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तोकिएको छ ।
एक हिसाबले मुलुक अहिले सङ्क्रमणकालीन अवस्थामा छ । तर सङ्क्रमणकालीन अवस्थाको अन्त्य गर्ने स्पष्ट खाका न अन्तरिम सरकारले दिन सकेको छ, न त पुराना राजनीतिक दलहरूले अगाडि सारेका छन् । भदौ २३ र २४ गते भएको विद्रोहका कारण ७५ जनाको ज्यान जानुका साथै अर्बौं रुपैयाँ बराबरका सार्वजनिक तथा निजी सम्पत्ति ध्वस्त भएका छन् ।
जनधनको क्षतिप्रति न्यायिक छानबिन गरी कारबाही सिफारिस गर्न विशेष अदालतका न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन भएको छ । तर जेनजी आन्दोलनका क्रममा फौजदारी कसुरका मुद्दामा अनुसन्धान अगाडि बढाउने विषयमा सरकार र आयोगबिच मत बाझिएको छ ।
सरकारले संसद् विघटन गरी फागुन २१ गते मध्यावधि घोषणा गरेपनि अहिलेसम्म सर्वदलीय बैठक बस्न सकेको छैन ।








































प्रतिकृया दिनुहोस्