प्रधानमन्त्री कार्की-सम्बोधन
काठमाडौँ, २९ भदौ :
प्रधानमन्त्री सुशीला कार्की आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस
१३ कार्तिक २०८२, बुधबार १०:४४
आज सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी अगुवाहरुबीच त्रिपक्षीय बैठक बस्दै छ ।
प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगूवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् ।
बालुवाटारमा ४ बजे बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।
बैठकमा निर्वाचन सफल पार्ने र परिवर्तन संस्थागन गर्ने विषयमा छलफल हुने उनको भनाइ छ ।
बैठकमा जेनजीका तर्फबाट ८–९ वटा समूहका अगूवालाई निम्तो गरिएको बुझिएको छ । राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरु सहभागी हुनेछन् ।








































प्रतिकृया दिनुहोस्