८ बैशाख २०७९, बिहीबार २१:१५
नेकपा एमालेबाट बाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित विजय सुवेदीले पदबाट राजीनामा दिनुभएकाे छ ।
यही वैशाख ३० गते हुने पालिका चुनावमा उम्मेदवार बन्न सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिनुभएकाे हाे । आज बिहीवार बाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा बुझाएकाे उहाँले जानकारी दिनुभएकाे हाे ।
नेकपा एमालेले सुवेदीलाई चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयर पदमा उठाउने तयारी गरेकाे छ ।
निर्वाचन आयाेगले पालिका चुनावमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि सुवेदीले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएकाे हाे । उहाँ चितवनकाे क्षेत्र नम्बर २ काे (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।








































प्रतिकृया दिनुहोस्