११ बैशाख २०७९, आईतवार २०:५८
जनता समाजवादी पाटीको भरतपुर महानगरपालिका वडा नं. २ को वडाअध्यक्षमा युवा नेता प्रसिल वरालीले उम्मेद्वारी दिएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आइतबार उनले उम्मेद्वारी दिएका हुन । उनि पाटीको वडा सचिव हुन ।
गठबन्धनमा जसपाले कुनै वडा नपाएपछि आफ्नो पकड क्षेत्रमा उम्मेद्वारी दिन लागेको हो । यस्तै वडा नं. २ को सदस्यमा सोहि पाटीका युवा तथा जुझारु नेता राजु टमाटाले उम्मेद्वारी दिएका छन ।
जसपाले भोलि सोमबार महानगरका अन्य वडामा पनि उम्मेद्वार उठाउने तयारी गरेको छ ।








































प्रतिकृया दिनुहोस्