१२ बैशाख २०७९, सोमबार १६:१७
भरतपुर महानगरपालपकाको मेयरमा सत्तारुढ गठबनको तर्फबाट माओवादी केन्द्रकी नेतृ रेनु दाहालले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
पार्टी कार्यालयबाट सयौं कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाले उम्मेदवारी दर्ता गर्नुभएको हो । दाहालले मेयरमा उम्मेदवारी दिन केही दिनअघि महानगरको मेयर पदबाट राजीनामा दिनुभएको थियो ।
गठबन्धन अनुसार भरतपुरको मेयर माओवादीले पाएको हो । उपमेयरमा काङ्ग्रेसबाट महानगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सत्तारूढ गठबन्धनले भरतपुरका वडाहरूमा पनि तालमेलको सहमति गरेका छ ।








































प्रतिकृया दिनुहोस्