नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको छ ।
आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार सांस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाउनुभएको हो ।
एमाले अध्यक्ष ओलीले आज नै पार्टीको एक कार्यक्रममा नेपाली कांग्रेसको घोषणापत्रलाई लिएर विभिन्न टिप्पणि गर्नुभएको थियो । प्रवक्ता महतले ओलीको त्यही टिप्पणीप्रति असन्तुष्टि जनाउनुभएको हो ।
उहाँले पालिका चुनावमा नेपाली कांग्रेसले गरेका राम्रा कामहरूको व्यापक प्रचारप्रसार गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुुभयो ।








































प्रतिकृया दिनुहोस्