२८ बैशाख २०७९, बुधबार २१:११
पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार सात सय ८८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप १६ जना निको भएसँगै एक सय ८७ जना काेराेना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।
यसैबीच पछिल्लो २४ घण्टामा ११ हजार पाँच जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।








































प्रतिकृया दिनुहोस्