चितवनमा मतदान केन्द्र निर्माणको काम धमाधम भैरहेको छ । अधिकाँस मतदान स्थलमा रहेका मतदान केन्द्रहरुमा टेण्टहरु टाँगिएका छन् । पानी पर्न सक्ने सम्भावना रहेकाले मतदान कार्य प्रभावित नहोस् भनेर टेण्टहरु राखिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले मतदान केन्द्रहरुमा टेण्ट राख्न सुझाएका बताउनुभयो । उहाँका अनुसार अधिकाँस मतदान केन्द्रमा पानीबाट जोगिने गरी तयारीहरु भएको छ । हरेक मतदान केन्द्रमा महिला र पुरुषका लागि अलग–अलग प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । अशक्त, अपांगता भएका व्यक्ति, जेष्ठनागरिकहरुलाई पालो कुर्न नपर्ने गरी मतदान केन्द्रहरुमा प्रवेशको व्यवस्था मिलाइन लागिएको बताउनुभयो ।
चितवनमा १ सय ६१ मतदान स्थलमा ४ सय ५१ मतदान केन्द्रहरु रहेका छन् । चितवनमा ३ लाख ९७ हजार ६ सय ८५ मतदाताहरु छन् । केही मतदान स्थलहरु स्कुलपरिसर भित्र रहेका छिनको छानामुनिका सेडहरुमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । भरतपुर महानगरको वडा नम्बर १ मा रहेको बालकुमारी कन्या माविमा १ हजार ७ सय १५ मतदाताहरु छन् । सो मतदान स्थल टिनको छानामुनि बनाइएको छ । भरतपुर–१ कै आदिकवी भानु माविमा ६ वटा टेण्टहरु राखिएको छ ।
भानु माविका सहायक मतदान अधिकृत लालुराम सापकोटाले पानी पर्दा समेत मतदान कार्य प्रभावित नहोस् भनेर ६ वटा टेण्टहरु राखिएकोब बताउनुभयो । उहाँका अनुसार मतदानस्थल बाहिर समेत ठुलो टेण्ट राखिएको छ । भानु माविमा १ हजार ३ सय ६५ मतदाता छन् । ७ हजार ६ सय ४० मतदाताहरु रहेको बालकुमारी माविमा ८ वटा मतदान केन्द्रहरु छन् । मतदान अधिकृत मेघराज ढकालले टेण्ट राख्न धेरै खर्च लाग्ने देखिएपछि सर्वदलीय निर्णय अनुसार पानी परेमा स्कुल परिसरभित्रकै सेडमुनिबाट मतदान गर्ने व्यवस्था मिलाउने तयारी भएको बताउनुभयो ।








































प्रतिकृया दिनुहोस्