भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले मतान्तर बढाउदै लैजानुभएको छ । १९ हजार ५ सय ८३ मत गन्दा रेनुको पक्षमा मत बलियो बनेको छ । पछिल्लो मतपरिणाम अनुसार रेनु २ सय ११ मतान्तरले अगाडि हुनुहुन्छ । रेनुले ६ हजार ६ सय २ मत आउदा विजय सुवेदीको ६ हजार ३ सय ९१ मत आएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २ सय २१ मत ल्याउनुभएको छ । उपमेयरमा चित्रसेन अधिकारीले ८ हजार २६ मत ल्याउनुभएको छ । हिमला गुरुङले मत ५ हजार २ सय ५३ मत ल्याउनु भएको छ । कांग्रेस-माओवादी गठबन्धनबाट मेयरमा रेनु र उपमेयरमा चित्रसेन उम्मेदवार बन्नुभएको छ । एमाले-राप्रपा गठबन्धनबाट मेयरमा विजय र उपमेयरमा हिमला उम्मेदवार हुनुहुन्छ । वडा नम्बर ५ को जारी मतगणनामा वडाध्यक्षमा कांग्रेस उम्मेदवार ५० मतले अगाडि हुनुहुन्छ । कांग्रेसका युद्धप्रसद श्रेष्ठले १ हजार ४३ र एमालेका पदमपाणी सुवेदी ९ सय ९३ मत ल्याउनुभएको छ । यो वडामा विगतमा एमालेले जितेको थियो । पछिल्लो मतपरिणाम अनुसार रेनु र जगन्नाथको पक्षमा मत बढेको छ ।








































प्रतिकृया दिनुहोस्