देशभरका ६ महानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनले अधिकांशमा अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार ५ महानगरमा गठबन्धनको अग्रता छ भने एउटामा स्वतन्त्र उम्मेदवार अगाडि छन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने कुनै पनि महानगरको प्रमुखमा अग्रता लिन सकेको छैन ।
धेरै चासोको रुपमा हेरिएको काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन ्। पछिल्लो मत परिणामअनुसार बालेन शाहले १५ हजार ४ सय २ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केशव स्थापित ८ हजार २८८ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार २९० मत पाएकी छिन ्। उपमेयरमा एमालेकी सुनिता डंगोल अगाडि छिन ्। उनले १२ हजार १५७ मत पाएकी छिन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ६१४ मत पाएका छन्।
थ्बmबजब ष्ललभचद्यष्वबथब कतभभद्यिबष्मष्प क्ष्ललभच
भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छिन्। उनले पछिल्लो मतपरिणामअनुसार ९ हजार ६३१ मत पाएकी छिन्। उनलाई एमालेका विजय सुवेदीले ८ हजार ११९ मतका साथ पछ्याइरहेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३६० मत पाएका छन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ११ हजार ५१५ मतका साथ अगाडि छन्। राप्रपाकी हिमला गुरुङ ६ हजार ६१६ मतका साथ दोस्रो स्थानमा छिन्।
पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले १२ हजार ९४५ मतका साथ अग्रता लिएका छन्। उनलाई पछ्याइरहेका एमालेका कृष्णबहादुर थापाले ११ हजार १५० मत पाएका छन्। उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले १२ हजार ६९६ मतका साथ अग्रता लिएकी छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले १२ हजार ९१ मतका साथ पछ्याइरहेकी छिन्।
विराटनगर महानगरपालिकाको प्रमुखमा नागेश कोइराला अगाडि छन्। उनले अहिलेसम्म ११ हजार ८७६ मत पाएका छन्। एमालेका सागरकुमार थापाले ८ हजार ६५० मत पाएका छन्। उपप्रमुखमा एमालेकी शिल्पा कार्कीले ८ हजार ९९३ मत पाएकी छिन्। जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले ५ हजार ६१८ मतका साथ उनलाई पछ्याइरहेका छन्।
ललितपुर महानगरपालिकाको प्रमुखमा पनि कांग्रेसले अग्रता लिइरहेको छ। कांग्रेसका चिरिबाबु महर्जनले अहिलेसम्म ११ हजार ७७७ मत पाएका छन्। एमालेका हरिकृष्ण व्यञ्जनकारले ५ हजार २१८ मत पाएका छन्। उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य बज्राचार्यले ४ हजार ३३५ मत पाएकी छिन्। उनलाई माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले २ हजार ७९४ मत पाएका छन्।
वीरगञ्ज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता लिइरहेका छन्। उनले अहिलेसम्म ९ हजार ७६८ मत पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका विजयकुमार सरावगीले ४ हजार २८६ मत पाएका छन्। उपप्रमुखमा कांग्रेसका इम्तियाज आलमले ६ हजार ६६१ मत पाएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले १ हजार ८१ मत पाएका छन्।








































प्रतिकृया दिनुहोस्