४ जेष्ठ २०७९, बुधबार २०:५४
भरतपुर महानगरको मेयरमा रेनु दाहालले मतान्तर बढाउँदै लैजानुभएको छ । जारी मतगणनाका क्रममा मेयर उम्मेदवार रेनुले २ हजार २ सय ६७ मतान्तरले अग्रता लिनुभएको छ । महानगरको ७ र ८ नम्बर वडाको मतगणना जारी रहंदा दाहालले ११ हजार ९ सय ६६ मत ल्याउनुभएको छ ।
दाहाल सत्तागठबन्धनको उम्मेदवार हुनुहुन्छ । एमालेका तर्फबाट मेयर उम्मेदवार विजय सुवेदीले ९ हजार ६ सय ९९ मत ल्याउनुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्न्नाथ पौडेलले ५ हजार २ सय ३५ मत ल्याउनुभएको छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १४ हजार १ सय ६६ मत ल्याउनुभएको छ । भने राप्रपाबाट हिमला गुरुङ्गले ७ हजार ८ सय ७० मत ल्याउनुभएको छ।








































प्रतिकृया दिनुहोस्