सात सय ५३ स्थानीय तहमध्ये बिहीबार बिहानसम्म देशभरका पाँच सय ३५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ।
अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म दुई सय ४३ स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको छ भने ७५ स्थानीय तहमा अग्रता कायम गरिरहेको छ।
एमालेले अहिलेसम्म एक सय ५५ स्थानीय तहको प्रमुख जितेको छ। मतगणना चलिरहेका ५२ पालिकामा एमालेका उम्मेदवार अगाडि छन्।
माओवादी केन्द्रले अहिलेसम्म १०२ स्थानीय तहको प्रमुख जितेको छ भने २० पालिकामा उसले अग्रता कायम राखेको छ। अहिलेसम्म सार्वजनिक मत परिणाम र अग्रतालाई हेर्दा माओवादी केन्द्रले ०७४ को भन्दा आफ्नो अवस्था केही सुधार गर्ने देखिन्छ।
जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १२ स्थानीय तहको प्रमुख जितेर चौथो स्थान कायम गरेको छ। उसले २० स्थानीय तहमा अग्रता कायम गरेको छ।
एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म ९ स्थानीय तहको प्रमुख जितेको छ। ११ स्थानीय तहमा उसले अग्रतालाई कायम राखेको छ।
राष्ट्रिय जनमोर्चाले अहिलेसम्म तीन स्थानीय तहको प्रमुख जितेको छ भने राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिका र झापाको हल्दीबारी गाउँपालिकाको प्रमुख जितेको छ।
नेपाल मजदुर किसान पार्टीले अहिलेसम्म भक्तपुरको एउटा स्थानीय तहमा जित हासिल गरेको छ। त्यसैगरी लोसपा, तमलोपा र सीके राउत नेतृत्वको जनमत पार्टीले अहिलेसम्म एक एक स्थानीय तहको प्रमुख जितेका छन्।








































प्रतिकृया दिनुहोस्