नेकपा एकीकृत समाजवादीको भरतपुर महानगर सदस्य, जिफनको जिल्ला उपाध्यक्ष एवं अनेमसङघ भरतपुर १० को अध्यक्ष सीताकुमारी श्रेष्ठले पाटी छोडेको घोषणा गर्नुभएको छ । शुक्रबार सामाजिक सन्जाल फेसबुकबाट उहाले पाटीको कुनै पदमा नरहने कुरा प्रष्ट पार्नुभएको छ । उहाँले पार्टीमा देखीएको हैकमवाद नातावाद र कमाउनिष्ट वादले एकीकृत समाजवाद होइन कि विगठनवाद विचलनवाद र विसर्जनवाद आउने वताउनुभएको छ ।
उहाँले लेख्नुभएको छ – “पार्टीमा देखीएको हैकमवाद नातावाद र कमाउनिष्ट वादले एकीकृत समाजवाद होइन कि विगठनवाद विचलनवाद र विसर्जनवाद भने पक्कै आउनेछ। महिलाको विषयमा चर्को नारा छाट्ने र नारामानै सिमित बनाउने हर्कत कथित निर्वाचनमा देखिनुले पार्टीमा महिलाको अधिकार सुनिश्चित होइनकी नारामा मात्र सीमित भएको देखिन्छ।” लामो समयदेखि एमालेमा रहेर कम्युनिस्ट आन्दोलनमा सक्रिय श्रेष्ठ एमाले फुटेसगै नेकपा एसमा रहि काम गर्दै आउनु भएको थियो ।








































प्रतिकृया दिनुहोस्