८ जेष्ठ २०७९, आईतवार १३:०९
भरतपुर, ८ जेठ
भरतपुर महानगर- १९ को वडाध्यक्षमा नेकपा एमालेका प्रकाश तामाङ विजयी हुनुभएको छ । २०७४ मा मा समेत वडाध्यक्ष उम्मेदवार रहेका तामाङ यसपालि वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
तामाङले कांग्रेसको द्रोण बहादुर गुरुङका उमेद्वार पराजित गर्नुभएको हो । यो वडामा २०७४ मा कांग्रेसले जितेको थियो यस्तै सदस्यहरुमा एमालेका राजकुमार गुरुङ, दिल कुमारी थापा मगर, सीता विक र कांग्रेसका खड्क बहादुर पाख्रिन विजयी हुनुभएको छ ।कांग्रेसको गढ मानिन्थ्यो । क्षेत्रमा एमाले विजयी बनेको हो ।
यो वडामा ३ हजार ४ सय ८८ मत खसेको थियो । २०७४ को स्थानीय तहको चुनावमा मतगणनाका क्रममा यहि वडाको मतपत्र जेठ १४ गते राती च्यातिएपछि फेरी निर्वाचन भएको थियो । त्यो बेला मेयर उम्मेदवारबीच ७ सय ८४ मतान्तर रहेको थियो ।








































प्रतिकृया दिनुहोस्