भरतपुर महानगरको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । महानगरमा अब करिब १६ प्रतिशतमात्रै मतगणना हुन बाँकी छ । महानगरमा अब १९ हजार ७ सय ९४ मत गन्न बाँकी छ । महानगरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको थियो । आज सोमबार विहान साढे ६ बजेसम्म १ लाख ८ हजार ४५ मत गणना भैसकेको छ ।
मेयर–उपमेयरमा सत्तागठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले अगाडी छन् । मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल ९ हजार ८ सय ७२ र कांग्रेसका चित्रसेन अधिकारी १८ हजार २ सय १३ मतले अगाडी हुनुहुन्छ । मेयरमा रेनु दाहालले ४३ हजार ४ सय सय ८४, एमालेका विजय सुवेदीले ३३ हजार ६ सय १२ मत ल्याउनुभएको छ ।
स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३ सय ३० मत पाउनुभएको छ । उपमेयरमा चित्रसेन अधिकारीले ४४ हजार ८ सय २८, राप्रपाका हिमला गुरुङले २६ हजार ६ सय १५ मत ल्याउनुभएको छ ।
मेयरमा रेनु र उपमेयरमा चित्रसेन जित नजिक पुग्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार वडा नम्बर २१ मा कांग्रेसका कृष्णकुमार गुरुङ, २२ मा एकिकृत समाजवादीका विष्णुराज महतो, २४ मा रामबहादुर गोदार वडाध्यक्षमा विजयी भैसक्नुभएको छ ।
वडा नम्बर २३ को मतगणना कार्यपनि अन्तिम चरणमा पुगेको छ । वडा नम्बर २५ को मतगणना कार्य जारी छ ।








































प्रतिकृया दिनुहोस्