sf7df8f}F, @ c;f]h -/f;;_M
k|ltlglw;ef a}7s
k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf bnLo cfwf/df k|ltlglw;efsf] av]{ clwj]zgsf] ;dfkg dGtJo JoQm ub}{ k|d'v k|ltkIf bnsf g]tf z]/axfb'/ b]pjf . tl:a/M /Tg >]i7
१४ जेष्ठ २०७९, शनिबार २१:३८
प्रधानमन्त्री शेरबहादुर देउवाले छिटपुट घटनालाई लिएर चुनावमाथि निष्पक्षका प्रश्न उठाउन नमिल्ने बताउनुभएको छ ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै देउवाले चुनावमा धाँधली भएको भन्ने हल्लामा सत्यता नभएको बताउनुभएको हो ।
एमालेले चुनावमा धाँधली भयो भनेर आरोप लगाइरहेको अवस्थामा प्रधानमन्त्री देउवाले भने चुनाव शान्तिपूर्ण र निष्पक्ष भएको दाबी गर्दै छिटपुट घटनालाई लिएर समग्रमा धाँधली भयो भन्न नमिल्ने बताउनुभयो ।
‘एकैपटक, एकैसाथ चुनाव सम्पन्न गर्नु चुनौतीपूर्ण विषय हो । साधन र स्रोतको सीमितताका बीच पनि चुनाव शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको छ । छिटपुट घटनालाई लिएर चुनावको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त हुँदैन’ देउवाले भन्नुभयो ।








































प्रतिकृया दिनुहोस्