धानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले भेट गर्दै। प्रधानमन्त्री देउवाले कमपाको समस्या समाधनमा लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने कुरा व्यक्त गर्नु भयो ।
१८ जेष्ठ २०७९, बुधबार २१:४४
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डाै महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।
काठमाण्डाै महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहसँगको भेटका क्रममा आज बुधवार प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले साहलाई कामपाको मेयरमा विजय भएकामा बधाईसमेत दिनुभयो ।
मेयर साहले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । मेयर साहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।








































प्रतिकृया दिनुहोस्