२६ जेष्ठ २०७९, बिहीबार ०९:०१
जेठ २६,
प्रतिनिधि सभाको बैठकमा आज बिहीबार चार मन्त्रालयको बजेटमाथि छलफल हुँदैछ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।
जसका लागि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ। सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्य प्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।








































प्रतिकृया दिनुहोस्