३ असार २०७९, शुक्रबार १२:२८
चितवन, असार ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसपीपी खारेज हुने बताएका छन् ।
शुक्रबार (आज)भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले एमसीसी जस्तो विषय खारेज गर्नुको विकल्प नरहेको बताएका हुन् ।
‘एसपीपी र एमसीसी केपी ओलीको करामत हो,’ उनले भने, ‘अब यो किलियर भइसक्यो । एमसीसी १२ बुँदे घोषणपत्रसहित पारित भयो । तर, एसपीपीमा त्यो हुनेवाला छैन । खारेज हुन्छ, गरिनु पर्छ ।’
बाम गठबन्धको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले अहिलेकै गठबन्धन संघिय निर्वाचनसम्म जाने उल्लेख गरे ।
बाहिरा मिडिया आएजस्तो कुनै पनि बाम गठबन्धको विषयमा कुरा अगाडि बढेको स्पष्ट पारे ।








































प्रतिकृया दिनुहोस्