जिल्ला स्तरीय शिक्षक नायक गोष्ठि भरतुरमा सम्पन्न भएको छ । उषा इङ्गलिस बोडिङ्ग स्कुलको आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी चितवनका उप सभापति एवं जुनियर युवा समिति संयोजक रत्नप्रसाद सापकोटाले कार्यक्रमको उद्देश्य र महत्वको बारेमा जानकारी गराउनु भएको हो ।
कार्यक्रमको प्रथम शत्र जुनियर युवा कार्यप्रणली र द्धितीय शत्र मनोसामाजिक परामर्श अभिमुखिकरण बारे प्रशिक्षण दिइएको थियो । कार्यक्रममा वार्षिक कार्ययोजना २०७९ निर्माण गरिएको छ ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन तथा मन्त्री हरि प्रसाद पौडेल, भरतपुर १५ का वडाध्क्ष श्रीकृष्ण देवकोटा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भुमिलाल सुवेदी, प्याब्सन चितवनका अध्यक्ष किर्तिनिधि अर्याल, नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय निवर्तमान उमहामन्त्री हरिप्रसाद न्यौपानेले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्काउट मार्चपास तथा स्काउट सलामी, सास्ंकृति नृत्य, रेडक्रस सन्देश मुलक नाटक समेत प्रस्तुत गरिएको थियो ।








































प्रतिकृया दिनुहोस्