अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टले गैडाकोटका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । कलेजका प्रिन्सिपल हरि भण्डारीले मेयर मदनभक्त अधिकारी, उपमेयर शान्ती कोइराला सहित १८ वटै वडाका वडाध्यक्षहरुलाई सम्मान गर्नुभएको छ । मेयर अधिकारीले नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा पारेको बताउनुभयो ।
नगरपालिकाले सार्वजनिक गरेको १ अर्ब २ करोड ३१ लाखको बजेटमध्ये शिक्षा क्षेत्रमा २ करोड विनियोजन गरेको बताउनुभयो । “प्राविधिक शिक्षालाई प्रोत्साहन गर्नेछौँ”, उहाँले भन्नुभयो, “सबैलाई शिक्षाको पुहँचमा ल्याइनेछ ।” अक्सफोर्ड कलेजले गैडाकोट क्षेत्रलाई स्वदेश तथा विदेशसम्म चिनाउन भूमिका खेलेको बताउनुभयो । उपमेयर कोइरालाले अक्सफोर्ड कलेजले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।
उहाँले गैडाकोट क्षेत्रलाई उच्च शिक्षा लिने हब बनाउन नगरपालिकाले कदम चाल्ने बताउनुभयो । कलेजका प्रिन्सपल भण्डारीले गैडाकोट क्षेत्रभित्रका गरिव तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक अभावले उच्च शिक्षाबाट वञ्चित हुन नदिन छात्रवृत्ति दिइने बताउनुभयो ।
“नगरपालिकाले वास्तविक विपन्न विद्यार्थीलाई सिफारिस गरे हामी आंशिक वा पूण छात्रवृत्ति दिन तयार छौँ”, उहाँले भन्नुभयो, “आर्थिक कारणले कोही पनि शिक्षाबाट वञ्चित हुन नपरोस् ।” कार्यक्रममा प्रिन्सिपल भण्डारीले राजनीतिक नेतृत्व गुणस्तर र व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।








































प्रतिकृया दिनुहोस्