पेशागत ४ वटा क्याम्पसस्तरीय संगठनहरुले भरतपुरको सप्तगण्डकी क्याम्पसका सहायक प्राध्यापकलाई गरिएको दुव्र्यवहारको निन्दा गरेका छन् । यही १७ गते कक्षाकोठामा पढाइरहेका बेला सहायक प्राध्यापक गिरीराज उपाध्यायलाई हातपात तथा दुव्र्यवहार भएको थियो ।
कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष ओमप्रकाश पोखरेल, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष केदारनाथ बराल, वैद्य निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष रामकृष्ण खनाल, विप्लव निकट प्राध्यापक संगठनका केन्द्रीय सदस्य सागर अधिकारीद्वारा संयुक्त जारी विज्ञप्तिमा घटनाको छानविन गर्न माग गरिएको छ ।
गैर जिम्मेवारीपूर्ण व्यवहार र हर्कतले स्वभामिानी एवम् कर्तव्यनिष्ठ पेशाकर्मीको मनोबलमा नकरात्मक प्रभाव पर्ने उल्लेख गर्दै कार्यस्थलमा सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन माग गरिएको छ ।








































प्रतिकृया दिनुहोस्