असार २२,
पूर्विचितवनको रत्ननगर–१ बकुलहरमा रहेको सेभ सुपरमार्केटमा रोलर स्केट पार्क सञ्चालनमा आएको छ । सुपरमार्केटको तेस्रो तल्लामा थ्रीडि म्यूजियमभित्र स्केट पार्क बनाइएको छ । रोलर स्केट पार्कका सञ्चालक कृष्णप्रसाद ढकालले स्केटका खेलाडी उत्पादनका लागि पार्क उपयोगी हुने बताउनुभयो ।
गुड्ने चक्का सहितको जुत्ता लगाएर दौड्ने, हिड्ने खेललाई रोलर स्केट गेम भनिन्छ । सुरक्षाका लागि हेलमेट, कुहिना र घुँडामा सुरक्षाका लागि सेफ्टी बेल्ट लगाउने गरिन्छ । “मोबाइलमा व्यस्त हुनुभन्दा रोलर स्केट गेम खेल्नु शरिरका लागि फाइदाजनक छ”, उहाँले भन्नुभयो, “शारीरिक व्यायामको रुपमा पनि काम गर्छ, शरिरमा रक्तसञ्चार बढाउन सघाउँछ ।” यो खेल ५ वर्षदेखि ५० वर्षसम्म उमेर समूहकाले खेल्न सक्नेछन् ।
चितवनबाट दक्ष स्केटका खेलाडी उत्पादनमा पार्कले प्रर्वद्धनात्मक गतिविधिहरु समेत गर्नेछ । यो खेल खेल्न प्रति घण्टा १ सय ५० रुपैयाँ तिर्नुपर्नेछ । ३ वर्ष पहिले पोखरा–१० बुद्ध चोकमा द स्केट पार्क सञ्चालनमा ल्याएका ढकालले दोस्रो पार्क चितवनमा बनाउनुभएको हो । दशै अगाडीनै स्केट, जीम, जम्पिङ सहितका खेलहरु खेल्न मिल्ने गरी केन्द्रीय बस ट्रमिनल भरतपुर नजिकै अर्को पार्क समेत बनाउने काम सुरु गरिसक्नुभएको छ ।
२ वर्षभित्र बुटवल, हेटौडा, इटहरीमा समेत स्केट पार्क बनाइने बताउनुभयो । केही वर्ष यता केही ठुला रिसोर्टहरुमा रोलर स्केटको सहयातामा खाना, खाजा सर्भिस गरेको देख्न सकिन्छ । विदेशमा रोलर स्केट, रोल बेल, रेस लगायतका प्रतिस्पर्धाहरु समेत हुने गर्छन् ।








































प्रतिकृया दिनुहोस्