३० असार २०७९, बिहीबार ०८:५३
असार ३०
प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज मनोनयन दर्ता गरिँदै छ। २०७६ सालदेखि खाली उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुँदै छ। त्यसअघि आज उपसभामुखका उम्मेदवारले उम्मेदवारी दिने भएका हुन्।
बुधबार आयोजित प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरिसकेका छन्।
जसअनुसार उपसभामुखको निर्वाचन प्रक्रिया बिहीबार बिहान ११ बजे सुरु गर्ने कार्यक्रम छ। उपसभामुख पदका लागि आगामी शुक्रबार दिउँसो ३ बजे निर्वाचन हुने विवरण संसद सचिवालयले जनाएको छ।
तत्कालीन उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा अढाई वर्षदेखि उपसभामुख पद खाली छ।








































प्रतिकृया दिनुहोस्