३० असार २०७९, बिहीबार २१:१७
जनता समाजवादी पार्टी औपचारिक रुपमा फुटेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले डा.बाबुराम भट्टराई सहितका नौ जना नेतलाई हटाएको छ । यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले संघीय परिषद् अध्यक्षबाट भट्टराईलाई हटाएर अशोक राईलाई चयन गरेको एक नेताले जानकारी दिए ।
निष्कासनमा परेका नेतामा गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्रराय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोब रहेका छन् । बैठकमा नगएको भट्टराई पक्षले भने काठमाडौंमा भेला गरेर पार्टी पुनर्गठनको निर्णय गरिसकेको छ ।








































प्रतिकृया दिनुहोस्