kljq wfld{s tLy{:yn b]j3f6wfdsf] j]0fL ;+ud:yndf df3] ;ªqmflGt d]nfsf] pb3f6g ub}{ ;Gtx? . b]j3f6df /x]sf xl/x/ ;Gof; cf>d, dx]z ;Gof; cf>d, un]Zj/ cf>dsf kL7fwLzx?n] j]0fL ;+ud:yndf ;+o'Qm?kdf afF;sf] ln+uf] uf8]/ d]nfsf] pb3f6g ul/Psf] xf] . t:jL/ M ;'/]g s'Fj/, /Tggu/, /f;;
नेपालकै पवित्र तीर्थस्थल देवघाटमा सोमबारे बोलवम मेला आजबाट सुरु भएको छ । आइतबार साँझ देखिनै देवघाटमा मेला भर्न आएका दर्शनार्थीको आज बिहानैदेखि पूजाआजामा भीड देखिएको छ ।
साउन महिना वर्षकै चोखो महिनाको रुपमा लिइने गरिएको र साउनमा पाँच वटा सोमबार परेकाले आजदेखि साउन अन्तिमसम्म मेला आयोजना गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत यहाँ श्रद्धालु भक्तजन यहाँ आउने गर्दछन् ।
हरेक आइतबार विहान ४ बजेदेखि नै पुजाआजा र मेला चल्ने छ । यहाँ आएर शिवलाई जल चढाए पुण्य हुने र मनोकामना पूरा हुने विश्वास छ । देवघाट चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा पर्छ ।
कोभिड–१९ संक्रमणका कारण २ वर्ष औपचारिक रुपमा बोलबम मेला भएको थिएन । कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले भक्तजनको सुरक्षाका लागि चितवन र तनहुँ प्रशासन र प्रहरीसँग समन्वय गरिएको बताउनुभयो ।
स्नान क्षेत्रमा उद्वारका लागि बोटे समाज, शशस्त्र र नेपाली सेनाका उद्वारक टोलीहरु परिचालन गरिने जनाइएको छ । स्नान गर्ने ठाँउमा डुङगा र तालिम प्राप्त सुरक्षाकर्मी तैनाथ गरिने छ । देवघाट क्षेत्र विकास समितिले चितवन र तनहुँतर्फ राखेका सचिवालयबाट जनचेतनामूलक जानकारी तथा सूचनाहरु प्रवाह गर्ने व्यवस्था मिलाइएको छ








































प्रतिकृया दिनुहोस्