१२ श्रावण २०७९, बिहीबार ०७:५५
राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
नेपाल इन्जिनियरिङ परिषद ९पहिलो संशोधन० विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन, जेष्ठ नागरिक सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।








































प्रतिकृया दिनुहोस्