नेकपा माओवादी केन्द्रको भातृ सङगठन वाईसीएल नेपाल भरतपुर महानगर कमिटिको भेला साउन २८ गते हुदै छ । महानगर भेलालाई लक्षित गर्दै वाईसीएलले भरतपुरका २९ वटै वडाको भेला सम्पन्न गरेको छ । २८ गते हुने भेलाले नयाँ सांगठनिक नेतृत्व, सङगठनको नीती तथा योजनाहरु पारित गर्ने गर्नेछ ।
महानगर कमिटिको नेतृत्वमा सर्वसम्मत रुपमा को आउँछ भन्नेमा वाईसीएलका नेताहरु नै अन्योलमा छन । “ आकाङक्षीहरु धेरै हुनुहुन्छ ठ्याक्कै नेतृत्वमा को आउँछ भन्न सकिदैन यसको निर्णय पाटी कमिटिले गर्छ एक वाईसीएल नेताले बताउनुभयो ।” ती नेताको अनुसार नेतृत्वमा दीपेन्द्र पण्डित, गौरव बाबु ढकाल , सतिष ढकाल ,विरेन्द्र खरेल लगाएतको दाबी छ । वाईसीएलको नयाँ नेतृत्व चुनाव केन्द्रित हुनेछ । चुनाव पछि माघमा महानगर कमिटिको विशेष अधिवेशन हुनेछ ।
वाईसीएल महानगर कमिटिले भरतपुरमा राजनितीसँगै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ । साप्ताहिक सरसफाई अभियान, लागुऔषध दुव्र्यसनको विरुद्ध सचेतना अभियान, राष्ट्रको विकास र समृद्धिमा युवाहरुको परिचालन, लगाएतका काम वाईसीएल भरतपुर महानगर कमिटिले गर्दै आएको छ । यसैविच भष्टचार नियन्त्रण,सामाजिक विकृति विसंगतिको विरुद्धमा पनि वाईसीएल नेपालले निरन्तर खबरदारी गर्दै आएको छ ।








































प्रतिकृया दिनुहोस्