१ भाद्र २०७९, बुधबार ०९:११
भदौ १
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ। बुधबार बिहान ८ बजेका लागि बोलाइएको बैठक सरेको हो। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
यसअघि मंगलबार माओवादी स्थायी कमिटी बैठक बसेको थियो। बैठकले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई माओवादीको चुनाव चिन्हबाट लड्न दिने निर्णय गरेको थियो।
मंसिर ४ गते हुने निर्वाचनमा भट्टराई र गौतम दुवैले माओवादीकै चुनाव चिन्हबाट निर्वाचन लड्ने भएका छन्। सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाटका लागि बनेको कार्यदलले बुझाउने प्रतिवेदन र आफ्नो दाबीबारे आजको बैठकमा विस्तृत छलफल हुने बताइएको छ।








































प्रतिकृया दिनुहोस्