प्रदेश सभा र प्रतिनिधि सभा चुनावकाे सिट बाँडफाँटको मोडालिटी तय गर्ने जिम्मा पाएको सत्तारूढ गठबन्धन कार्यदलले आफ्नो अहिलेसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने भएको छ ।
आज बुधवार बालुवाटारमा बसेकाे कार्यदलको बैठकले सिट बाँडफाँटको मोडालिटी निष्कर्ष नजिक पुगेको उल्लेख गर्दै अहिलेसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने निर्णय गरेको हो । अर्को बैठकमा त्यसबारे निर्णयमा पुग्ने गरी अहिलेसम्म भएको प्रगति विवरण शीर्ष तहमा बुझाउने सहमति गरिएको सञ्चारमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
शीर्ष तहमा प्रगति विवरण बुझाएपछि बस्ने बैठकले त्यसबारे आवश्यक निर्णय गर्ने पनि कार्यदलले जनाएको छ । गठबन्धनमा रहेका सबै दललाई न्याय हुने गरी मिलाएर सिट बाँडफाँट गर्ने कुरामा आफूहरूबीच सहमति रहेको उल्लेख गर्दै कार्यदल सदस्यसमेत रहनुभएका मन्त्री कार्कीले अब बस्ने बैठकले त्यसलाई टुङ्गोमा पुर्याउने बताउनुभयाे । माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथाैडाबाट चुनाव लड्ने सहमति गरेका बाबुराम भट्टराई र वामदेव गौतमलाई दिने सिट सङ्ख्याको बारेमा पनि छलफल गरेर सहमतिमा पुग्ने बताउनुभयो ।








































प्रतिकृया दिनुहोस्