नारायणी कला मन्दिरले रोपाई जात्रा निकाल्ने भएको छ । नारायणी कला मन्दिरका सचिव तथा कार्यक्रम संयोजक सनद कुमार पियाले संस्कृति संरक्षणका लागि रोपाई जात्रा निकाल्न लागिएको बताउनुभयो । ३ गते शुक्रबार कृष्ण्जन्माष्टमीको दिन दिउसो ३ बजे रोपाई जात्रा निस्कने बताउनुभयो । कला मन्दिरले २०५४ सालदेखि निरन्तर रोपाई जात्रा निकाल्दै आइरहेको छ । कला मन्दिरका अध्यक्ष सुविर श्रेष्ठले सामाजिक, सहिष्ठुता र मातृत्वभाव बढाउन जात्रा निकाल्न लागिएको बताउनुभयो ।
उहाँले पञ्चेबाजा सहितको धुनमा रोपाईको अभिनय गर्दै बजार परिक्रम गरिने बताउनुभयो । उपाध्यक्ष रोहितकुमार श्रेष्ठका अनुसार कला मन्दिरबाट निस्कने जात्रा बालकुमारी स्कुलचोक, प्रगतिपथ, गणेशचोक, क्षयरोगचोक, पोखराबसपार्क, दियालो रोड, मेनरोड, लिलाचोक, हरिहर मन्दिर चोक, पुतली बजार चोक, पुलचोक, शहिदचोक हुदै कलामिन्दरमा आएर समापन हुनेछ ।
नारायणगढ बजारको मुख्य तथा भित्रि सबै सडकखण्डमा जात्रा निस्कने भएको हो । जात्रा निस्कने दिनको विहान हो पाँचो हो भन्दै रोपाई जात्रामा सहभागि हुन आव्हान गरिने जनाइएको छ । पूर्वअध्यक्ष दिलिप पियाले रोपाई जात्रामा सजिएर आएका १२ वर्ष मुनि र मािथ दुई उमेर समूहबाट प्रथम, द्वीतिय, तृतिय र सान्त्वनालाई पुरस्कृत गरिने जानकारी दिनुभयो ।
जात्रामा रोपाहर, बाउसे, राधा, कृष्ण लगायतको भेषमा सजिएर सहभागि हुने गर्छन् । पूर्वअध्यक्ष प्रभातकुमार जोशीले सुरुमा समुदायले सुरुवात गरेपनि पछिल्ला वर्षमा सामूहिक उत्सवका रुपमा रुपान्तरण भएको बताउनुभयो । पूर्वअध्यक्ष अमर प्रधानले रोपाईजात्रा सबै समुदायको साझा कार्यक्रम बनेको बताउनुभयो ।








































प्रतिकृया दिनुहोस्