८ भाद्र २०७९, बुधबार १०:१५
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रघाति नभएको वताउनुृभएको छ ।
वुधवार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचडले विधेयकको गलत ढङगले प्रचार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो æआमा वुवा नेपालको नागरिक भएको छोरा छोरीले नागरिकता पाउने नै अहिलेको विधेकको सार तत्व हो । नागरिकता नपाँउदा ६, ७ लाख मान्छे विभिन्न अवसरबाट बन्चित भएको प्रचण्डको भनाई छ । विधेयकलाई राष्ट्रघाति भन्नु पाखण्ड बाहेक अरु केही नहुने बताउनुभयो ।
प्रचण्डले केपी ओलीले आफ्नै पालामा नागरिकता विधेयक अध्यादेशको रुपमा संसदमा ल्यायको स्मरण गराउनुभयो ।
æनागरिकता विधेयक ओलीकै पालामा संसदमा लगिएको र अहिले लैजादा ओली गुटले विरोध गर्नु भनेको राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न खोज्नु मात्र भएको प्रचण्डको भनाई छ ।








































प्रतिकृया दिनुहोस्