१० भाद्र २०७९, शुक्रबार २१:३९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा केही दिनमै भागबण्डा टुंगिने बताएका छन् ।
आज धरानमा प्रदेश १ का पार्टी केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरू सँगको संयुक्त बैठकमा प्रचण्डले सबै निर्वाचन क्षेत्रको दलगत अवस्था बुझ्ने काम भइरहेको जानकारी गराउदै सीट बाँडफाँटको क्रममा यसअघि जहाँ जसले जितेको छ त्यो ठाउँ पहिलो हक हुने बताए ।
गठबन्धनमा सङ्ख्या बाँडफाँटलाई मुख्य आधार बनाएर काम भैरहेको उनको भनाइ रहेको थियो । उहाँले स्थानीय चुनावमा कतिपय ठाउँमा आफूलाई मन नपरेको उम्मेदवार हराइएकाले अब सचेत हुनुपर्ने बताए । स्थानीय निर्वाचनको टिकट वितरणमा केही ठाउँमा मनोमानी भएको बताउँदै प्रचण्डले अब संस्थागत रूपमै उम्मेदवार छनौट गरिने उनको भनाइ थियो ।








































प्रतिकृया दिनुहोस्