kf]v/f, @% j}zfvM
r'gfjL ;ef ;Daf]wg ub}{ cWoIf bfxfn
kfFrbnLo u7aGwgsf tkm{af6 r'gfjL cfd;efnfO{ cfOtaf/ kf]v/fdf ;Daf]wg ub}{ g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn
k|r08Ú . tl:a/M /f]zg ;fksf]6f÷/f;;
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रदेश र सङ्घको चुनावमा नेपाली काँग्रेसले तालमेल गर्न नचाहेमा गठबन्धन भित्रकै वामपन्थी दलहरूबीच मोर्चाबन्दी गरिने बताएका छन् ।
पार्टीका बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरूको पहिलो प्राथमिकता काँग्रेससहित गठबन्धन बनाएर जानेमा जोड रहेको प्रष्ट पारे । यदि काँग्रेसले तालमेलमा सीट सङ्ख्या मिलाउने सवालमा कन्जुस्याइ गरे विचार मिल्ने गठबन्धन भित्रका कम्युनिस्ट पार्टीसँग मोर्चाबन्दी गरेर जाने बताए ।
आगामी चुनावमा गठबन्धन बनाएर जाने विषयमा कुनै दुविधा नभए पनि सीट बाँडफाँटका कुरा नमिले गठबन्धनभित्रकै दलहरू मोर्चाबन्दी बनाएर जाने बताएका थिए । गठबन्धन भित्रकै वामपन्थी दलहरूबीच पार्टी एकता गर्न संयोजन समिति बनिसकेकाले बलियो कम्युनिस्ट शक्ति बन्ने सम्भावना देखिएको प्रचण्डले प्रष्ट पारे ।








































प्रतिकृया दिनुहोस्