१८ भाद्र २०७९, शनिबार १२:४३
दक्षिणकाली नगरपालिका-८ छैमलेको शीतलचोकमा बा.प्र.-०१-००४ क ०६३२ नम्बरको ट्रक दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।फर्पिङबाट सिस्नेरी जाँदै गरेको ट्रक शुक्रबार राति साढे ८ बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो। घाइते भएका दुवै जना पुरुष रहेका छन्।उनीहरूको उद्धार गरि मनमोहन अस्पताल फर्पिङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। उनीहरू दुवै जनाको पहिचान नभएको प्रहरीको भनाइ छ। घाइतेहरूको पहिचानको लागी प्रहरी द्वारा खोज अनुसन्धान भइरहेको सन्चारकर्मीद्वारा जानकारी प्राप्त भएको छ।








































प्रतिकृया दिनुहोस्