पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर र मेघोली विमानस्थलको स्तरोन्नती कार्य छिटै सुरु हुने बताउनुभएको छ । मेघौलीमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले मेघौली विमानस्थलमा कालोपत्रे गर्ने गरी छिटै सञ्चालन गरिने बताउनुभयो । भरतपुर विमानस्थल र मेघौली विमानस्थल स्तरोन्नती भएमा चितवन र चितवनबासीको विकास र समृद्धिमा योगदान पुग्ने दाबी गर्नभयो ।
आज (शनिबार) मेघौली विमानस्थलको सर्भे कार्यको पूर्वप्रधानमन्त्री प्रचण्डले ड्रोनको स्वीच अन गरेर शुभारम्भ गर्नुभएको छ । “१५ वर्षतिर हुँदा धान काट्ने बेला जहाज अवतरण गर्ने समय हेरेर खाजा खाइन्थ्यो, ठिक समयमा आउथ्यो, ठिक समयमा जान्थ्यो”, उहाँले भन्नुभयो, “विश्वका धेरै देशमा परिचित थियो, नेपालको पर्यटन, परिचय र प्रतिष्ठा चिनाएको थियो, अहिले ओझेलमा प¥यो ।” उहाँले मेघौली विमानस्थल स्तरोन्नती कार्य छिटै सुरु गर्न पहल गर्ने दाबी गर्नुभयो । उहाँले चितवन र नवलपरासी जोड्ने गरी गोलाघाट पुल सम्भव भए बनाउने नभए घोसरघाटमा पुल बनाएरै छाडिने बताउनुभयो ।
भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनासँग सहमति नजिक पुगेको बताउँदै रात्रिकालिन उडान गर्ने गरी विस्तार हुने बताउनुभयो । भरतपुर विमानस्थलको ट्रमिनल विल्डिङ बनाउन करिब २ अर्बको बोलपत्र आव्हान भैसकेको बताउनुभयो । भरतपुर र मेघौली विमानस्थल स्तरोन्नती तथा विस्तार भएसँगै चितवनमा आर्थिक तथा पर्यटनको क्षेत्रमा ठुलो योगदान पुग्ने बताउनुभयो । मेयर रेनु दाहालले मेघौली विमानस्थल मार्फत पश्चिम चितवनको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
उहाँले मेघौली विमानस्थल द्रुत गतीमा विकास भएर पूर्णरुपमा सञ्चालनमा आउने बताउनुभयो । मेघौली विमानस्थल २०६७ सालदेखि बन्द छ । निकुञ्जक्षेत्रभित्र होटल सञ्चालन गर्न नपाउने नीति आएसँगै टाइगर टप्स बन्द भएपछि विमानस्थल समेत सुनसान भएको छ । यो विमानस्थल २०१७ सालमा बनेको हो । टाइगर टप्स जंगल लजमा आउने पाहुनाहरु यही विमानस्थल मार्फत आउने गर्थे ।








































प्रतिकृया दिनुहोस्