२० भाद्र २०७९, सोमबार ११:३१
बालकुमारी कलेजमा विभिन्न पदमा कर्मचारी राख्न लिएको परिक्षाको नतिजा प्रकाशनमा कलेजको कर्मचारी परिवारले असन्तुष्टी जनाएको छ । परिवारले आईतबार बिज्ञप्ती निकालेर सो कार्यको विरोध गरेको हो ।
कलेजले प्रशासकिय अधिकृत, लेखा नियन्त्रक, परीक्षा नियन्त्रकको लागि २०७८ साल कार्तिक ७ गते विज्ञापन खुलाएको थियो । प्रक्रिया अनुसार नै कलेजले अन्तरवार्ता लियो तर नतिजा प्रकाशन हुदा अन्तरवार्ता लिएको पद भन्दा भिन्न पद राखी नतिजा प्रकाशित भएकोप्रति कर्मचारी परिवार असन्तुष्ट भएको हो । विज्ञापन अनुसार नै रिजल्ट सार्वजनिक गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।
कलेजले विज्ञापन अनुसारको नतिजा प्रकाशन नगरेसम्म सम्पूर्ण प्रशासनिक कार्यहरु बन्द हुने कर्मचारी परिवारले चेतावनी दिएको छ ।








































प्रतिकृया दिनुहोस्