नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।
राष्ट्रपति भण्डारीसँग दिउँसो भेटवार्ता गर्ने तालिका छ । त्यसअघि लीले भक्तपुर दरबार स्वायर अवलोकन गर्ने तालिका छ । उहाँ भक्तपुर जाने समय बिहान ९ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, राधेराधे, सल्लाघारी, सैनिक आवासीय विद्यालय, कालोपाटी व्यासीलगायत क्षेत्रमा गाडीको आवागमन प्रभावित हुनेछ । उहाँ फर्कने समयमा पनि यी रुटमा गाडीको आवागमन प्रभावित हुनेछ ।
भक्तपुरमा उहाँ कति समयसम्म रहनुहुन्छ भन्ने जानकारी आइसकेको छैन । यस्तै, भक्तपुरको भ्रमण सकेर उहाँले दिउँसो साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुनेछ । यो समयमा रविभावन, कालीमाटी, त्रिपुरेश्वर, महाङ्काल, जमल, केशरमहल, लैनचौर, पानी पखेरी हुँदै शीतल निवास क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो समयमा यी रुटमा चल्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह छ ।
हिजो र अस्ति पनि काठमाण्डौ उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । अस्ति सोमवार नेपाल भ्रमणमा आएका लीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । उहाँ भोलि स्वदेश फर्किने तालिका छ ।








































प्रतिकृया दिनुहोस्