३० भाद्र २०७९, बिहीबार १०:२१
काभ्रे मा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
बेथानचोक गाउँपालिका-४ चलालमा बुधबार राति साढे १ बजे पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
एसपी जोशीका अनुसार ६५ वर्षीया ठूलीमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो भने उनका छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको ढुंगाखानी माथिबाट झरेको पहिरोले घर तामाङको घर पुरेको हो ।








































प्रतिकृया दिनुहोस्