नारायणगढ स्थित नारायणी नदी किनारमा सनातन हिन्दुराष्ट्रको माग गर्दै आमरण अनसन बसेकाहरु प्रति सम्वन्धित पक्षको वेवास्ता देखिएको छ । श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्ले असोज एक गतेदेखि आमरण अनसन बसेपनि अहिलेसम्म सरोकारवाला पक्षहरु कोही आएको आयोजकले जनाएको छ ।
परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल भारद्वाज आँफै आमरण अनसन बस्नु भएको छ । उहाँले सनातन हिन्दुराष्ट्र घोषणाका लागि दबाब दिन आमरण अनसन सुरु गरेपनि अहिलेसम्म वार्ताका लागि कोही नआएको जानकारी दिनुभयो । उहाँको स्वास्थ्य अवस्था समेत विग्रदै गएको छ । स्वास्थ्य उपचारका लागि चिकित्सकहरु नारायणी किनारमा जाने तयारी गरेका छन् । आमरण अनसन माग पुरा नभएसम्म जारी राख्ने जिकिर गर्नुभयो । उहाँ स्थानीय तथा राष्ट्रिय स्तरका माग गर्दै आमरण अनसन बस्नुभएको हो ।
२०७६ बैशाख १ गतेदेखि नित्य सञ्चालनमा रहेको महाआरती स्थललाई सुरक्षित स्थानको उपलब्ध, महानगरपालिकाबाट प्रदान गरिने छात्रवृत्तिहरु वितरण गर्दा धार्मिक गुरुकुल, अनाथ आश्रम लगायत संघसंस्थामा बसेर अध्ययन गर्ने छात्रछात्राहरुका लागि निःशुल्क अध्ययनको व्यवस्थाको माग उहाँ अनसन बस्नुभएको हो ।
त्यस्तै राष्ट्रिय स्तरका मागमा सबै पालिकाहरुमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, राष्ट्रिय सनातन संस्कृति आयोग गठन गर्नुपर्ने, कालीगण्डकीलाई नेपाल सम्पदा र विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने लगायतका छन् । उहाँलाई दैनीक २५ जनाले रिले अनसन गरेर सघाउँदै आएका छन् । सनातन–संस्कृति–संरक्षण अभियानमार्फत संविधान जारी हुने बेला १७ दिनसम्म भारद्धाज आमरण अनसन बस्नु भएको थियो ।








































प्रतिकृया दिनुहोस्