वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ। संविधानको धारा ६१ को (४) मा ‘संविधानको पालना र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनी स्पष्ट रूपमा उल्लेख रहे पनि राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को (४) बमोजिमको बाध्यात्मक कार्य नगरी संविधानको घोर उल्लङ्घन गरेको भन्दै तमलोपाले उनको राजीनामा मागेको हो।
संविधानको घोर उल्लंघन र आफ्नै देशको जनताविरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य हुन सक्दैन।
हामी राष्ट्रपति विद्या भण्डारीको तत्काल राजीनामाको माग गर्दछौं, तमलोपा अध्यक्ष वृषेशचन्द्र लालद्वारा जारी विज्ञप्तिमा भनिएको छ। संवैधानिक राष्ट्रपतिले राजतन्त्रमा जसरी सबै शक्तिको स्रोत देखाउने कोसिस गरेको तमलोपाको आरोप छ। राष्ट्रपतिको कदमलाई आफ्नै देशका जनताविरुद्ध विभेदकारी मानसिकताले गरिएको षड्यन्त्र भएको तमलोपाको ठहर छ।’








































प्रतिकृया दिनुहोस्